काठमाडौं । अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप एन्ड टी–२० प्रतियोगिताका लागि नेपाल ‘ए’ क्रिकेट टोलीको बिदाइ गरिएको छ। आइतबार आयोजित कार्यक्रममा १५ सदस्यीय टोलीलाई बिदाइ गरिएको हो।

अगस्ट २१ देखि ३० सम्म हुने प्रतियोगितामा नेपाल ‘ए’ले सहभागिता जनाउनेछ। प्रतियोगितापछि पनि टोलीले अस्ट्रेलियामै साउथ अस्ट्रेलिया, तास्मानिया र न्युजिल्यान्ड ‘ए’सँग मैत्रीपूर्ण सिरिज खेल्नेछ।

अस्ट्रेलिया भ्रमणमा नेपाल ‘ए’को कप्तानी अनिलकुमार साहले गर्नेछन्। टोलीमा त्रितराज दास, मयन यादव, कुशल भुर्तेल, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रसिद खान, नारायण जोशी, आकाश चन्द, साहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल रहेका छन्।

प्रकाशित मिति: ३१ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com