काठमाडौँ । नेपाल मजदुर किसान पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ । प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मत लिने बारेको छलफलमा भाग लिँदै सो पार्टीका सांसद प्रेम सुवालले पार्टी प्रतिपक्षमा बस्ने जानकारी गराएका हुन् ।

उनले ठूल्ठूला भ्रष्टाचारमा संलग्नहरूलाई मृत्युदण्ड दिने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरे । सांसद सुवालले कालापानीबाट भारतीय सेना फिर्ता पठाउन, भारतले मिचेको नेपालका सबै भूमि फिर्ता गर्न पनि सरकारलाई दबाब दिए ।

advertisement

उनले काठमाडौँ उपत्यका विकास प्राधिकरण आवश्यक नभएको भन्दै तत्काल खारेज गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

सांसद सुवालले भने, ‘ठूल्ठूला भ्रष्टाचारी, महिला बलात्कार गरेका लगायतका अपराधीहरू, मानव अधिकारको गम्भीर उलङ्घन गरेका नेपालको गुह्य कुरा विदेशीलाई पुर्‍याउने देशद्रोहीलाई अहिलेको संविधान संशोधन गरी मृत्युदण्ड दिने कानुनी व्यवस्था गर्न आवश्यक छ ।’ उनले एमसीसीको पनि विरोध गरे ।

सांसद सुवालले चुरे क्षेत्रको ढुङ्गागिटी भारतलाई खरिदविक्री गर्ने काम बन्द गर्नुपर्ने बैठकमा बताए । उनले काठमाडौं उपत्यकाका औद्योगिक क्षेत्रहरु उपत्यका बाहिर सार्ने निर्णय कार्यान्वयन गर्न पनि सरकारले ढिलाइ गर्न नहुने बताए ।

प्रकाशित मिति: २६ पुस २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com