काठमाडौं । सर्वोच्च अदालतले नेपाली नागरिकसँग विवाह गरी नेपालमा परिवारसहित बस्दै आएका दक्षिण कोरियाली नागरिक पिटर क्वाङ सियोङ किमलाई देश निकाला गर्ने सरकारको निर्णय बदर गरेको छ। न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो।
अध्यागमन विभागले भिसाको उद्देश्यविपरीत काम गरेको भन्दै किमलाई जरिवाना र नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो। तर सर्वोच्चले फौजदारी कसुर पुष्टि नभएको अवस्थामा प्रशासनिक निर्णयका आधारमा परिवारबाट अलग गरी देश निकाला गर्न नमिल्ने ठहर गरेको छ।
प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार













प्रतिक्रिया