काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिनदेखि धर्नामा रहेका सहकारी–लघुवित्तपीडितलाई भेट्न पुल्चोक पुगेकी छन् ।

उनी मंगलबार अपरान्ह राष्ट्रिय मानवअधिकार आयोग परिसरमा धर्नामा रहेका आन्दोलनरत पीडितलाई भेट्न गएकी हुन् ।

पीडितहरु सरकारले आफ्नो माग र पूर्ववत् सहमतिको बेवास्ता गरेको उनीहरुको गुनासो छ ।

उनीहरुले ‘बालेनले हामीलाई सुनेनन्, एन्टोनियो गुटेरेस तिमीले हाम्रो दुःख–पीडा सुनिदेऊ’, ‘हाम्रो घर छैन, परिवार छैन, नेपालले देखेन, संयुक्त राष्ट्र संघले देखोस् हाम्रो पीडा’ लेखेको प्लेकार्ड धर्ना स्थलमा राखेका छन् ।

उनीहरूले २०८२ माघमा तत्कालीन सरकारसँग भएका सहमति पूरा गर्न माग गर्दै आयोगमा गत साउन २९ मा ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाएपछि आयोगको कार्यालयबाहिर धर्ना सुरू गरेका थिए ।

तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: २ भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com