काठमाडौं । पाकिस्तानमा प्रदर्शनका क्रममा दुवै हात नभएका एक व्यक्तिमाथि प्रहरीलाई ढुङ्गा र लाठी प्रहार गरेको आरोप लगाउँदै प्रहरीले पक्राउ गरेको थियो। तर अदालतमा शारीरिक परीक्षण गर्दा उनका दुवै हात नभएको पुष्टि भएपछि उनलाई मुद्दाबाट सफाइ दिँदै रिहा गर्न आदेश दिइएको छ।
इस्लामाबादमा इमरान खानको रिहाइको माग गर्दै भएको प्रदर्शनपछि लतिफ उल्लाह सदोजई पक्राउ परेका थिए। प्रहरीले उनीविरुद्ध एफआईआर दर्ता गरी तीन दिन हिरासतमा राखेको थियो। अदालतमा उनका वकिलले आरोप नै असम्भव भएको जिकिर गरेपछि परीक्षण गरिएको थियो।
प्रकाशित मिति: २ भाद्र २०८३, मंगलबार











प्रतिक्रिया