काठमाडौं। नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम ‘थाई गाँजा’ सहित आठ विदेशी नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ३९ दशमलव २८ किलोग्राम ‘थाई गाँजा’ सहित पाँच म्यान्माका र तीन भारतीय नागरिकलाई आज पक्राउ गरेको हो।

ब्यूरोका सहप्रवक्ता, प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार पक्राउ पर्नेमा थाइल्यान्डको बैङ्ककबाट थाई एयरवेजको उडानमार्फत आएका पाँच म्यान्माका नागरिक छन्।

यस्तै, थाइल्यान्डकै फुकेटबाट बाटिक एयरवेजको उडानबाट नेपाल आएका तीन भारतीय नागरिक छन्।

प्रहरीले पक्राउ परेकासँग गाँजासहित आठ थान राहदानी र आठ थान मोबाइल बरामद गरेको छ। पक्राउ परेका सबैमाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको सहप्रवक्ता निरौलाले बताए।

प्रकाशित मिति: ३ भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com