काठमाडौं । सुर्खेतको बराहताल गाउँपालिका–७, नयाँवनस्थित भित्री सडकखण्डमा सडक निर्माणको काम गर्दै गरेको जेसीबी मेसिन भिरमा खस्दा गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ।

भे.१ ग १२७ नम्बरको जेसीबी बाटो सफा गर्ने क्रममा सडकबाट करिब ३०० मिटर तल खसेपछि जेसीबी चालक बराहताल गाउँपालिका–५ बस्ने करिब ३३ वर्षीय रामप्रसाद लामिछाने गम्भीर घाइते भएका थिए।

घाइते लामिछानेलाई कर्णाली प्रदेश अस्पताल, कालागाउँ, सुर्खेतमा उपचारका लागि पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: ५ भाद्र २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com