काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले निर्वाचनमा मत दिएका र नदिएका दुवै नागरिकको विश्वास कायम राख्नुपर्ने सुझाव दिएका छन्।

‘दोलखाका लोकनायकहरू’ पुस्तक लोकार्पण तथा नन्दप्रसाद–जानुका स्मृति सम्मान समर्पण समारोहमा बिहीबार सभापति थापाले यस्तो सुझाव दिएका हुन्। उनले राजनीतिमा सधैँ सङ्ख्या मात्रै ठूलो नहुने उल्लेख गरे।

साथै, विगतमा कांग्रेस–एमालेले जनताको असन्तुष्टिलाई बेलैमा सम्बोधन गर्न नसक्दा र बहुमत तथा जनादेशलाई पर्याप्त ठानेको परिणाम भोग्नुपरेको स्मरण गराए।

सभापति थापाले भने, ‘हामीले एकैपटक माथि मात्रै हेर्यौँ, हामीसँग पाएको शक्ति, प्रतिष्ठा मात्रै हेर्यौँ, त्यसले हामीलाई ठीक ठाउँमा पुर्‍याउन सक्दैन। हिजो हामीले सिकेको कुरा हो यो, हामी त्यो सिकाइबाट आफूलाई सच्च्याउन चाहन्छौँ, आफूलाई बदलेर लैजान चाहन्छौँ।’

लोकतन्त्रमा नैतिक नेतृत्व महत्वपूर्ण हुने भनाइ उनले राखे।

प्रकाशित मिति: ५ भाद्र २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com