काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको दुग्ध विकास संस्थान (डीडीसी)बाट उत्पादित घ्यू दुबई निर्यात सुरू भएको छ । त्यहाँ बसोबास गर्ने नेपालीलाई लक्षित गरेर शुक्रबारदेखि दुबईमा निर्यात थालिएको हो ।

पहिलोपटक शुक्रबार ६ सय किलो घिउ जहाजबाट दुबई पठाइँदै छ । दुबइमा घ्यू निर्यात गर्न डीडीसीले रातो र चन्द्र–सूर्य इन्टरनेसनलसँग सम्झौता गरेको छ ।

दुबईमा रहेका बिक्रेताले परीक्षणको रुपमा बिक्री गर्ने र मागको अवस्था हेरेर थप निर्यात गरिने प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेले बताए । ‘सुरूमा लगेर त्यहाँ रहेका बिक्रेतालाई एक–एक कार्टुन दिन्छौँ । त्यसपछि अझै राम्रो परिमाणमा माग गर्छौं,’ उनले सुनाए ।

नेपाली उत्पादनको प्रचारका लागि पहिलोपटक जहाजमा पठाइएपनि पछि भारत हुँदै कन्टेनरमा पठाउने तयारी छ ।

दुबईबाहेक मध्यपूर्वका अन्य देशमा पनि डीडीसी घ्यूसहित अन्य उत्पादन छिट्टै निर्यात तथा बिक्री हुने उनको भनाइ छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: ५ भाद्र २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com