काठमाडौं । बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमाबुबासँग गृहमन्त्रालयमा छलफल सुरु भएको छ।

गृहमन्त्री सुधन गुरुङसहित मन्त्रालयका अधिकारीहरूको टोलीले गरिमाका बुबा मनोज चौधरी र आमा मानमती चौधरीसँग शनिबार छलफल गरिरहेको हो।

पीडित परिवार आजै दिउँसो सिमरा विमानस्थलबाट काठमाडौं आएका थिए। उनीहरूसँगै केही स्थानीय अभियन्तासमेत काठमाडौं आएका छन्।

छलफलमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी पनि सहभागी छन्।

गरिमाको न्याय र दोषीमाथि कडा कारबाहीको माग गर्दै बारा, काठमाडौंसहित देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेका बेला सरकारले पीडित परिवारसँग छलफल गरेको हो।

छलफलमा घटनाको अनुसन्धान, पीडित परिवारलाई न्याय तथा आगामी सरकारी कदमबारे कुराकानी भइरहेको जनाइएको छ।

प्रकाशित मिति: ६ भाद्र २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com