काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अर्थतन्त्रमा क्रमशः सुधारका सङ्केत देखिन थालेको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी टोखा नगरपालिका–१ कार्यसमितिले शनिबार झोरमा आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री खनालले नेपालको आर्थिक क्षेत्र क्रमशः सुधारको बाटोमा अगाडि बढेको बताए। उनले अघिल्लो आर्थिक वर्षको साउन महिनाको तुलनामा यस वर्ष साउनमा कर सङ्कलनमा १० प्रतिशतले वृद्धि भएको बताए। बजारमा सकारात्मक चहलपहल सुरु भएको र यसले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुगेको उनको भनाइ छ।

मन्त्री खनालले साउन महिनामा नेपाली बैंकको नेतृत्वमा जलविद्युत् आयोजनामा लगानी गर्ने निर्णय भएको भन्दै यसले नेपालको अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। नयाँ बजेट कार्यान्वयनमा आएपछि निजी क्षेत्रको आत्मविश्वास बढ्दै गएको र आउने वर्षमा सेयर बजारमा पनि सकारात्मक सुधार आउने प्रक्षेपण गरिएको उनले बताए।

काठमाडौं क्षेत्र नं ६ का सांसदसमेत रहेका मन्त्री खनालले काठमाडौंको सवारी चाप कम गर्न गोङ्गबु क्षेत्रमा फ्लाईओभर निर्माण गर्ने र साङ्ला खोला करिडोरलाई अन्तर्राष्ट्रिय राजमार्गसँग जोड्ने योजना अगाडि बढाइएको उल्लेख गरे।

प्रकाशित मिति: ७ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com