बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का केन्द्रीय सदस्य लालबहादुर वली ‘विश्व’सहित रोल्पाका १३ जना नेता–कार्यकर्ताले पार्टी परित्याग गरेका छन्।
गंगादेव गाउँपालिका निवासी वलीसहित १३ जनाले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको सदस्यता त्यागेको घोषणा गरेका हुन्।
पार्टी परित्याग गर्नेमा जिल्ला सचिवालय सदस्य नन्दे वली ‘मंगल’, जिल्ला सदस्य पूर्णबहादुर वली, गाउँपालिका सदस्य धनबहादुर केसी, तिलक महरा, मनवीर घर्ती, लोकेन्द्र डाँगी, युवा संगठन नेपालका गाउँपालिका सदस्य रुद्र केसी, हिरालाल वली, कमल वली, निर्मण वली र लेखनाथ डिसीलगायत छन्।
उनीहरूले पार्टीको पछिल्लो राजनीतिक कार्यदिशा, संगठन सञ्चालनको गतिविधि तथा नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी छाडेको बताएका छन्।
पार्टीबाट अलग भएका वलीसहितका नेता–कार्यकर्ताले अब सिलु नेतृत्वको नेकपामा समाहित हुने घोषणा गरेका छन्।
यसअघि पनि रुपन्देहीका सरद वली, बसन्त श्रेष्ठलगायतका नेता–कार्यकर्ताले विप्लव नेतृत्वको नेकपा माओवादी परित्याग गरिसकेका थिए।

प्रकाशित मिति: ७ भाद्र २०८३, आइतबार













प्रतिक्रिया