काठमाडौं । बाराको सिमरामा तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका निवासी प्रदीप खड्का रहेका छन्। उनी विद्यार्थी रहेको प्रहरीले जनाएको छ।

जितपुर सिमरा उपमहानगरपालिका–१ मा गरिमा भदौ २ गते मृत अवस्थामा फेला परेकी थिइन्। घरबाट हराएको तीन दिनपछि उनको शव भेटिएको थियो।

प्रहरीको अनुसन्धानबाट गरिमाको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको छ। घटनाको अनुसन्धानका क्रममा प्रहरीले हालसम्म नौ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी मीनबहादुर घलेले जानकारी दिए।

‘अहिलेसम्म प्रदीप खड्कासहित नौ जना पक्राउ परेका छन्,’ डीएसपी घलेले भने।

प्रहरीले घटनामा पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

प्रकाशित मिति: ८ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com