काठमाडौं । पूर्वउपसभामुख तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगर बेलायत प्रस्थान गरेकी छन्।

कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा (निम्सदाइ)को अन्त्येष्टि समारोहमा सहभागी हुन राना मगर सोमबार बेलायतको लन्डनतर्फ प्रस्थान गरेकी हुन्।

पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका पूर्वगोर्खा सैनिक पूर्जाको अन्त्येष्टि समारोह आगामी २६ अगस्टमा दक्षिण–पश्चिम इंग्ल्यान्डको ब्लान्डफोर्ड फोरमस्थित मिल्टन एबीमा आयोजना हुँदैछ।

बेलायतको नागरिकता लिएका पूर्जाको अन्त्येष्टि पनि बेलायतमै गरिने भएको हो। उनको अन्त्येष्टि समारोहमा सहभागी हुन सांसद डेभिड मिङ्मा शेर्पा पनि सोमबार नै बेलायत जाने भएका छन्।

सांसद राना मगरले यसअघि प्रतिनिधि सभामा पूर्जालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग गरेकी थिइन्।

पूर्जाले विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल सबैभन्दा छोटो समयमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए।

प्रकाशित मिति: ८ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com