काठमाडौं । गल्याङमा सोमबार साँझ भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार दुर्घटनामा गल्याङ नगरपालिका–८ की २५ वर्षीया निशा पचभैया र गल्याङ–९ का ६० वर्षीय यमबहादुर विकको घटनास्थलमै मृत्यु भएको हो।

घाइतेमध्ये २७ वर्षीया वसन्ती विश्वकर्मा र ४८ वर्षीया देवी विकको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई थप उपचारका लागि पाल्पास्थित युनाइटेड मिशन अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

सामान्य घाइते पाँच जना उपचारपछि घर फर्किएका छन् भने अन्य घाइतेको गल्याङ नगर अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: ८ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com