काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एटीसी) पुगेका छन् । पोखरामा भएको विमान दुर्घटनाको वस्तुस्थित बुझ्न विमानस्थलको आपतकालीन उद्धार केन्द्र र एयर ट्राफिक कन्ट्रोल रुममा गएर आफैं हेर्न गएको उनको सचिवालयले जानकारी दिएको छ ।

‘प्रधानमन्त्री आफैंले उद्धार तथा प्राविधिक कुरा बुझ्न विमानस्थल हिँड्नु भएको छ । उहाँले त्यहीँ बसेर घटनाको जानकारी लिनुहुन्छ,’ सचिवालयले भन्यो । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक समेत बोलाइसकेका छन् ।

गृहमन्त्री रबि लामिछाने पनि विमानस्थल पुगेका छन् ।

प्रकाशित मिति: १ माघ २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com