चितवन। चितवनको देवघाटस्थित बाढी मापन केन्द्रमा पानीको सतह ४.७६ मिटर पुगेको छ। बाढीको बहाव बुधबार दिउँसो करिब साढे ३ बजे देवघाट आइपुग्ने अनुमान गरिएको छ।
नेपाल बाढी सूचना प्रणालीको प्रारम्भिक आकलनअनुसार पानीको सतहमा करिब ३ मिटर वृद्धि हुन सक्ने देखिएको छ। पानीको सतह करिब ८ मिटर पुग्न सक्ने र यो २ देखि ३ वर्षको पुनरावृत्ति अवधिमा देखिने खालको बाढी हुन सक्ने अनुमान गरिएको छ।
हालको आकलनअनुसार चितवन र नवलपरासी क्षेत्रमा ठूलो डुबानको सम्भावना कम रहेको जनाइएको छ। यद्यपि नदीको बहाव बढिरहेकाले थप सूचना जारी नभएसम्म नदी आसपासका बस्ती तथा बजार क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित तथा अग्लो स्थानमा रहन आग्रह गरिएको छ।
सम्बन्धित निकायले नदीको बहाव र पानीको सतहमा भइरहेको परिवर्तनलाई निरन्तर निगरानी गरिरहेको जनाएको छ। स्थानीय बासिन्दालाई सतर्क रहन तथा सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
प्रकाशित मिति: १० भाद्र २०८३, बुधबार











प्रतिक्रिया