काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोनमार्फत रसुवाका बाढी प्रभावितप्रति व्यक्त गरेको समवेदना र सहयोगका लागि धन्यवाद दिएका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले नेपालको कठिन परिस्थितिमा भारत सरकारले देखाएको ऐक्यबद्धता र सहयोगप्रति आभार व्यक्त गरेका हुन्।
शाहले भनेका छन्, ‘भारतको यो सहयोग र सद्भाव दुई देशबिचको लामो समयदेखिको मित्रताको प्रतिविम्ब हो।’
यसअघि भारतीय प्रधानमन्त्री मोदीले शाहसँग फोनमा कुराकानी गर्दै नेपालमा बाढीका कारण भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरेका थिए। मोदीले कठिन समयमा भारतका जनता नेपाली जनतासँग ऐक्यबद्ध रहेको सामाजिक सञ्जालमार्फत बताएका थिए।
मोदीले भारत नेपाललाई सम्भव भएसम्म सबै मानवीय सहायता उपलब्ध गराउन तयार रहेको बताएका थिए। उनले उद्धार तथा राहतका लागि भारतीय टोलीले नेपालसँग नजिकबाट समन्वय गरिरहेको पनि बताएका थिए।
प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार












प्रतिक्रिया