काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार अभियानलाई तीव्र बनाएको छ। सेनाका अनुसार बिहीबार दिउँसो साढे ३ बजेसम्म ६०२ जनाको हवाई उद्धार गरिएको छ।

सेनाले स्थलमार्गबाट थप २०० जनाको समेत उद्धार गरेको जनाएको छ। बाढी प्रभावित रसुवाका टिमुरे, स्याफ्रुबेँसी, धुन्चे, मैलुङलगायत क्षेत्रबाट ५० जना विदेशी नागरिकसहित ६०२ जनालाई हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा ल्याइएको हो।

उद्धार गरिएका तथा बाढीबाट प्रभावित नागरिकको स्वास्थ्य उपचारका लागि त्रिशूलीमा छाउनी अस्पतालबाट चिकित्सकसहितको मेडिकल टोली परिचालन गरिएको सेनाले जनाएको छ। उक्त टोलीले आवश्यक उपचार तथा स्वास्थ्य व्यवस्थापन गरिरहेको छ। सेनाका अनुसार हालसम्म ३३८ जनाको उपचार भइरहेको छ।

खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाली सेनाले ड्रोन र सैनिक डगसमेत परिचालन गरेको छ। विपद् व्यवस्थापन तथा उद्धारका लागि ४ हजार २०० भन्दा बढी सैनिक जनशक्ति प्रभावित क्षेत्रमा परिचालन गरिएको सेनाले जनाएको छ।

सेनाले प्रभावित क्षेत्रमा उद्धार, उपचार तथा आवश्यक सहयोगलाई निरन्तरता दिइरहेको जनाएको छ।

प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com