काठमाडौं । पोखरामा भएको यती एयरलान्सको विमान दुर्घटनाको उद्धार कार्य अझै जारी छ ।

जिल्ला प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अजय केसीका अनुसार अहिलेसम्म ३० जनाको शव अस्पताल पुर्‍याइएको छ । सेतीको खोंचमा भएको दुर्घटनाको कारण उद्धार कार्यमा केही कठिनाइ भएको केसीले बताए ।

‘हामीले उद्धार जारी नै राखेको छौं । अहिलेसम्म ३० जनाको शव अस्पताल पुर्‍याएका छौं । थप ३४ जनाको शव खोंचमा देखिएको छ । खोच ३ सय मिटर तल भएको कारण शव निकाल्न अफ्ठ्यारो भएको छ,’ एसपी केसीले भने । तर नागरिक उड्डयन प्राधिकरणले भने २९ जनाकाे मृत्यु भएकाे पुष्टि गरेकाे छ । प्राधिकरणले साढे २ बजेपछि अपडेट दिएकाे छैन ।

काठमाडौंबाट ६८ यात्रु र चालक दलका सदस्यसहित ७२ जना बोकेर पोखरा उडेको विमान आइतबार बिहान पोखरास्थित सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएका थियो ।

 

प्रकाशित मिति: १ माघ २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com