काठमाडौं। नेपालका चर्चित एमएमए (मिश्रित मार्सल आर्ट्स) फाइटर रविन्द्र ढाँट ‘रोड टु यूएफसी’ सिजन–५ को बान्टमवेट विधाको फाइनलमा प्रवेश गरेका छन्।

चीनको साङ्घाईस्थित अक्टागनमा शुक्रबार भएको सेमिफाइनल भिडन्तमा ढाँटले न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन्।

अब फाइनलमा ढाँटले जापानका फाइटर रोयो ताजिमासँग प्रतिस्पर्धा गर्नेछन्। फाइनलमा जित हासिल गर्न सके उनी विश्वकै प्रतिष्ठित एमएमए प्रतियोगिता Ultimate Fighting Championship (UFC) मा स्थान बनाउने पहिलो नेपाली फाइटर बन्नेछन्।

‘रोड टु यूएफसी’ प्रतियोगिता यूएफसीमा प्रवेश गर्ने अवसर प्रदान गर्ने एसियाली एमएमए फाइटरहरूको प्रमुख प्रतिस्पर्धाका रूपमा लिइन्छ। ढाँटको फाइनल प्रदर्शनले नेपाली खेलकुदमा नयाँ इतिहास रच्ने सम्भावना बोकेको छ।

प्रकाशित मिति: १२ भाद्र २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com