काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले भोटेकोशी बाढीपीडितको उद्धार र राहतका लागि एक महिनाको पेन्सन रकम सहयोग गरेकी छिन्।

उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी राष्ट्रिय वाणिज्य बैंकको खातामा मासिक पेन्सनबापतको रकम रु ७७ हजार जम्मा गरिएको सचिवालयले जनाएको छ।

पूर्वप्रधानमन्त्री कार्कीले एक अपिलमार्फत बाढी विपद्को सङ्कटबाट पार पाउन सबै एक ठाउँमा उभिनुपर्नेमा जोड बताएकी छिन्। उनले उद्धार, राहत, उपचार र पुनःस्थापनामा अहोरात्र खटिने सबैको सक्रियता र समर्पणको उच्च प्रशंसा गर्दै आफ्नो सामथ्र्यअनुसार प्रभावित परिवार र समुदायको सहयोगमा जुट्न सबैलाई आग्रह गरेकी छिन्।

प्रकाशित मिति: १३ भाद्र २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com