काठमाडौं धादिङमा नदीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने कार्यमा संलग्न २९ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिहरूको साथबाट ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ नगद समेत बरामद गरिएको छ।
उनीहरूलाई हाल जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेले जानकारी दिए।
प्रकाशित मिति: १३ भाद्र २०८३, शनिबार












प्रतिक्रिया