काठमाडौं । पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानमा चालकले एयर ट्राफिक कन्ट्रोलरसँग गरेको अन्तिम कुराकानी सार्वजनिक भएको छ ।
आज बिहान वरिष्ठ क्याप्टेन कमल के.सी र को पाइलट अञ्जु खतिवडाले उडाएको एति एयरको विमान पोखरा विमानस्थल नजिकै अन्तिम पटक १०:५० बजेको समयमा पोखरा टावरसँग सम्पर्कमा आएको थियो ।
एटिसी टावरको सम्पर्कमा आएका चालकलाई रनवे ३० मा ल्याण्ड गर्न आग्रह गरिएकोमा उनले अर्को रनवे खाली गर्न माग गरेका थिए ।
‘रनवे थ्री जेरोमार्फत ल्याण्ड गर्न भन्दा क्याप्टेनले होइन १२ बाट आउँछु भनेर अर्को रनवे खोजेका रहेछन्’, एटीसीका एक अधिकारीले भने, ‘अर्को रनवेबाट आउन क्लियरेन्स दिने वित्तिकै दुर्घटना भयो ।’ दुर्घटना के कारण भयो भन्ने अहिलेसम्म खुलेको छैन ।
प्रकाशित मिति: १ माघ २०७९, आइतबार
प्रतिक्रिया