काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको छ। बैठकमा रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको राहत, उद्धार तथा पुनःस्थापनाका विषयमा छलफल भइरहेको छ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले बाढीपछि प्रभावितको उद्धार तथा राहत व्यवस्थापनमा सरकारले अपेक्षित तदारुकता र प्रभावकारिता देखाउन नसकेको आरोप लगाउँदै आएको छ। बैठकमा विपद्पछिको अवस्थाबारे समीक्षा गर्दै सरकारको उद्धार तथा राहत प्रयासलाई थप प्रभावकारी बनाउन आवश्यक कदमबारे छलफल हुने बताइएको छ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे र प्रमुख सचेतक वासना थापा बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरी फर्किएपछि संसदीय दलको बैठक बोलाइएको हो।

बैठकमा स्थलगत अनुगमनका क्रममा देखिएको अवस्थाबारे जानकारी लिने तथा बाढी प्रभावित नागरिकको उद्धार, राहत र आगामी पुनःस्थापनाका लागि सरकारलाई थप जिम्मेवार बनाउनुपर्ने विषयमा छलफल भइरहेको छ।

प्रकाशित मिति: १५ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com