धादिङ। त्रिशूली नदीको बाढीले पृथ्वीराजमार्गको कृष्णभीर खण्ड बगाएपछि सडक पुनः सञ्चालनका लागि नयाँ ट्रयाक खन्न सुरु गरिएको छ।

गत भदौ १० गतेको भीषण बाढीले सडकको ठूलो हिस्सा कटान गरी बगाएपछि उक्त खण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको थियो। सडक सञ्जाल नै विच्छेद भएपछि वैकल्पिक मार्गमार्फत आवागमन व्यवस्थापन गर्ने प्रयास भइरहेको छ।

सडक विभाग र सम्बन्धित निकायको पहलमा नयाँ ट्रयाक खोल्ने काम अघि बढाइएको हो। नयाँ मार्ग तयार भएपछि पृथ्वीराजमार्गलाई पुनः सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

त्रिशूली नदीको तीव्र कटानका कारण तत्काल पुरानै सडक मर्मत गर्न कठिन भएपछि नयाँ ट्रयाक निर्माणलाई प्राथमिकता दिइएको सम्बन्धित निकायले जनाएको छ।

प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com