काठमाडौं । ‘हाम्रो पात्रो’ का प्रयोगकर्ताले विपद्पीडितको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख रुपैयाँ सहयोग गरेका छन्।

नेपालमा हालै आएको विनाशकारी विपद्बाट प्रभावित परिवार तथा समुदायलाई सहयोग पुर्‍याउने उद्देश्यले ‘हाम्रो पात्रो कम्युनिटी’ मार्फत उक्त रकम संकलन गरिएको हो।

संकलित सहयोग रकम ‘हाम्रो पात्रो कम्युनिटी’ का तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। रकमसँगै अभियानमा योगदान गर्ने सहयोगीहरूको नामावलीसमेत सरकारलाई बुझाइएको जनाइएको छ।

विदेशमा रहेका नेपालीले समेत सहज रूपमा राष्ट्रिय राहत अभियानमा सहभागी हुन सकून् भन्ने उद्देश्यले ‘हाम्रो पात्रो’ ले सहयोग संकलनमा सहजीकरण गरेको जनाएको छ। प्रयोगकर्ताले पठाएको रकममा कुनै सेवा शुल्क नलाग्ने व्यवस्था मिलाइएको र सम्पूर्ण रकम राहत कोषमा पुग्ने सुनिश्चित गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित मिति: २५ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com