काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अदालतबाट भएका फैसलाको कार्यान्वयन न्यून हुनु स्वाभाविक विषय नभएको बताएकी छन्।

बिहीबार संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै मन्त्री गौतमले फैसला हुने तर त्यसको कार्यान्वयन निकै कम हुने अवस्थाप्रति गम्भीर हुनुपर्ने बताइन्।

‘अदालतबाट फैसला पनि भयो तर त्यसको कार्यान्वयन निकै न्यून दरमा हुनु स्वाभाविक विषय होइन। यसमा गम्भीर भएर सोच्नैपर्छ,’ उनले भनिन्।

फैसला कार्यान्वयनमा देखिएको कमी घटाउन आवश्यक काम अघि बढाउनुपर्ने उल्लेख गर्दै उनले अहिलेको अवस्थामा फैसला कार्यान्वयन यही ढङ्गले अघि बढ्न नसक्ने बताइन्।

मन्त्री गौतमले सङ्घीयता कार्यान्वयनसँगै राज्यका संरचनालाई चुस्त र प्रभावकारी बनाउन सरकार स्पष्ट रहेको पनि बताइन्।

प्रकाशित मिति: २५ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com