काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरिमोहन भण्डारीले प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भण्डारीले आम नागरिकले खाना पकाउने ग्याससमेत सहज रूपमा पाउन नसकेको अवस्थामा उपभोक्ता हित हेर्ने संसदीय समितिमा रहेर काम गर्नुको औचित्य नदेखिएको बताए ।
उनले ग्यास अभावका कारण नागरिकले चरम सास्ती खेपिरहँदा पनि सरकार र सम्बन्धित निकायले प्रभावकारी कदम चाल्न नसकेको भन्दै असन्तुष्टि जनाए ।
‘अहिले देशमा जनताले खाना पकाउने ग्यास पाउन सकेका छैनन् । जनता यतिसम्मको सास्ती भोगिरहेका छन्, तर यस्तो अवस्थामा पनि उपभोक्ताको हित हेर्ने संसदीय समितिमा रहेर काम गर्न सक्ने नैतिकता मैले पाइनँ,’ उनले भने ।
उपभोक्ता हितसँग प्रत्यक्ष जोडिएको विषयमा राज्यका निकाय मौन बस्दा नागरिक थप समस्यामा परेको उनको भनाइ थियो ।
जनता भोकै पर्ने अवस्थासम्म पुग्दा पनि प्रभावकारी हस्तक्षेप गर्न नसक्ने समितिमा बसिरहनुभन्दा त्यसबाट अलग हुनु उचित हुने भन्दै उनले सदस्यबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
प्रकाशित मिति: २५ भाद्र २०८३, बिहिबार












प्रतिक्रिया