काठमाडौं। दीपककुमार साहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा साह मन्त्री नियुक्त भएका हुन्। यसअघि उक्त मन्त्रालय सम्हाल्दै आएकी गौरीकुमारीले राजीनामा दिएपछि साहलाई नयाँ उद्योगमन्त्री बनाइएको हो।
प्रकाशित मिति: २५ भाद्र २०८३, बिहिबार










प्रतिक्रिया