काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग शिक्षा तथा खेलकुद क्षेत्रका समसामयिक विषयमा छलफल गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य तथा समन्वय थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो।
छलफलमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता, विद्यालय शिक्षा ऐन, प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम विधेयक र विपद्का समयमा अन्तरसरकारी समन्वयलगायतका विषयमा विचार–विमर्श भएको थियो। मन्त्री पोखरेलले १०औँ राष्ट्रिय खेलकुद निर्धारित समयमै सम्पन्न गर्न तथा शिक्षा र खेलकुद क्षेत्रको विकासका लागि तीन तहका सरकारबीच बलियो सहकार्य आवश्यक रहेको बताए।
प्रकाशित मिति: २५ भाद्र २०८३, बिहिबार











प्रतिक्रिया