काठमाडौं । झापाको बिर्तामोड क्षेत्रमा आर्थिक रूपमा कमजोर व्यक्तिलाई रकमको प्रलोभन देखाएर बैंक खाता तथा सिमकार्ड खोल्न लगाई अरूले नियन्त्रणमा लिने गरेको आरोपमा प्रहरीले तीन महिलालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय अनारमनीले बुधबार उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालेको हो। प्रारम्भिक अनुसन्धानअनुसार खातावालालाई ८ देखि १० हजार रुपैयाँसम्म दिने प्रलोभन देखाएर खाता खोल्न लगाउने र मोबाइल बैंकिङमार्फत हुने कारोबार अन्य व्यक्तिले नियन्त्रण गर्ने गरेको पाइएको छ। प्रहरीले यस्तो खातामार्फत गैरकानुनी कारोबार हुन सक्ने भन्दै बैंक खाता, एटीएम तथा मोबाइल बैंकिङको विवरण अरूलाई नदिन आग्रह गरेको छ।

प्रकाशित मिति: २५ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com