काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मुलुकको सुस्त अर्थतन्त्र सुधार्दै निजी क्षेत्रको मनोबल बढाउने उद्देश्यले प्रमुख उद्योगी तथा व्यवसायीसँग छलफल गरेका छन्।

बालुवाटारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उद्योगी–व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छन्।

बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीमैत्री वातावरण, रोजगारी सिर्जना तथा सुस्त आर्थिक गतिविधिलाई चलायमान बनाउने उपायबारे छलफल भइरहेको छ।

सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई प्रभावकारी बनाउँदै नयाँ लगानी आकर्षित गर्ने, व्यवसाय विस्तारका लागि अनुकूल नीतिगत वातावरण बनाउने तथा अर्थतन्त्रमा देखिएका चुनौती साझा प्रयासबाट समाधान गर्ने विषयमा छलफल केन्द्रित रहेको जनाइएको छ।

प्रकाशित मिति: २६ भाद्र २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com