काठमाडौं । भोटेकोशी बाढीका कारण सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ
यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित समितिले क्षतिको विवरण, क्षतिपूर्तिको आधारलगायत विषयमा अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउनेछ। साथै, यातायात क्षेत्रका नीति, कानुन तथा मापदण्ड सुधारका लागि अर्को समिति पनि गठन गरिएको छ, जसले ४५ दिनभित्र सुझावसहित प्रतिवेदन पेश गर्नेछ।
प्रकाशित मिति: २६ भाद्र २०८३, शुक्रबार












प्रतिक्रिया