काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि एवं खेलकुद मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेल सहभागी सिरहा र लहानका शैक्षिक कार्यक्रममा विरोध तथा नाराबाजी भएको छ। राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सुझाव संकलन गर्न सिरहा पुगेका मन्त्री पोखरेल विरोध बढेपछि सम्बोधन बीचमै छाडेर फर्किएका थिए।
कार्यक्रममा रास्वपाका स्थानीय नेता–कार्यकर्तासँग समन्वय नगरिएको भन्दै असन्तुष्टि जनाइएको थियो। घटनापछि सामाजिक सञ्जालमा आफू ‘लखेटिएको’ भन्दै फैलाइएका भिडियोप्रति प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले त्यसलाई नियोजित भ्रम र भ्रामक प्रचार भएको दाबी गरेका छन्। उनले केही व्यक्तिले नियोजित रूपमा अवरोध गरेको र छोटो भिडियोमार्फत घटनाको सन्दर्भ बङ्ग्याइएको बताएका छन्।
प्रकाशित मिति: २७ भाद्र २०८३, शनिबार












प्रतिक्रिया