काठमाडौं । जापानमा हुने एसियन गेम्सका लागि नेपालले १५ सदस्यीय क्रिकेट टोली घोषणा गरेको छ। नेपाल ओलम्पिक कमिटीले आइतबार दीपेन्द्रसिंह ऐरीको कप्तानीमा प्रतियोगिताका लागि अन्तिम टोली सार्वजनिक गरेको हो।
टोलीमा दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुल्सनकुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल छन्।
यसअघि राष्ट्रिय टोलीबाट बाहिर रहेका कुशल भुर्तेल एसियन गेम्सका लागि टोलीमा फर्किएका छन्।
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तान र आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ।
टोलीको टिम लिडरमा विनोद दास, मुख्य प्रशिक्षकमा स्टुअर्ट ल, प्रशिक्षकमा अब्दुर सतार र प्राविधिक कर्मचारीमा रमन शिवाकोटी छन्। मेडिकल पर्सोनेलमा लोकेन्द्र कुँवर रहेका छन्।
प्रकाशित मिति: २८ भाद्र २०८३, आइतबार












प्रतिक्रिया