काठमाडौं । नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत धादिङको कृष्णभीरमा पहिरो हटाएपछि यातायात सञ्चालनको परीक्षण सुरु गरिएको छ।

सडक विभाग, सुरक्षा निकाय र स्थानीय प्रशासनको टोलीले तयार पारेको ट्र्याकबाट काठमाडौंबाट चितवनतर्फ ग्यास बुलेटसहित करिब २० वटा सवारीसाधन र चितवनबाट काठमाडौं आउने एउटा भारी सवारीसाधन पार गराएको छ। सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन बाँकी लेदो तथा ढुंगा हटाउने र सडक सम्याउने काम जारी छ।

प्रकाशित मिति: २८ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com