काठमाडौं । इरानले गरेको मिसाइल र ड्रोन आक्रमणबाट मध्यपूर्वमा रहेका कैयौँ अमेरिकी सैन्य अखडामा व्यापक क्षति पुगेको दाबी गरिएको छ।

अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजले सार्वजनिक गरेका तस्वीरमा विभिन्न सैन्य अखडा, भवन तथा सवारीसाधनमा क्षति पुगेको देखाइएको छ। सीबीएसका अनुसार तस्वीरहरू पहिचान गोप्य राख्ने सर्तमा अमेरिकी सैनिकहरूले उपलब्ध गराएका हुन्।

साउदी अरबस्थित प्रिन्स सुल्तान एयर बेसबाट प्राप्त एक तस्वीरमा बोइङ ई–३ सेन्ट्री विमानको पछिल्लो भागमा ठूलो क्षति पुगेको देखिएको छ। विमानको पछिल्लो भागमा जडान गरिएको घुम्ने राडार प्रणालीसमेत क्षतिग्रस्त भएको तस्वीरमा देखिन्छ।

सीबीएससँग कुराकानी गरेका एक अमेरिकी सैनिकले आक्रमणबाट सैन्य अखडामा ठूलो क्षति पुगेको दाबी गरेका छन्। यद्यपि, सार्वजनिक विवरणअनुसार क्षतिको पूर्ण परिमाणबारे थप स्वतन्त्र पुष्टि हुन बाँकी छ।

प्रकाशित मिति: ३१ भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com