काठमाडौं । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई अध्ययनका क्रममा आफ्ना परिवारका सदस्य अस्ट्रेलिया ल्याउन नदिने गरी अध्यागमन नीति कडा बनाउने तयारी गरेको छ।

गृहमन्त्री टोनी बर्कले बिहीबार सार्वजनिक गर्ने अध्यागमन सुधार योजनामा विद्यार्थीका आश्रित परिवारलाई अस्ट्रेलिया ल्याउने सुविधा हटाउने प्रस्ताव समेटिएको एबीसीले जनाएको छ।

सरकारले सन् २०२८ सम्म खुद वैदेशिक अध्यागमन ३ लाखबाट घटाएर २ लाख २५ हजारमा सीमित गर्ने लक्ष्य राखेको छ। यसका लागि अस्थायी भिसाको सङ्ख्या घटाउने, भिसा सकिएपछि स्वदेश फर्किने व्यवस्था कडाइ गर्ने र ‘भिसा हपिङ’ नियन्त्रण गर्ने योजना अघि सारिएको छ।

गत आर्थिक वर्षमा ३ लाख ३७ हजार ४२७ विद्यार्थी भिसा स्वीकृत भएका थिए। त्यसमध्ये ४५ हजार ९९१ भिसा विद्यार्थीका आश्रित वा परिवारका सदस्यका लागि स्वीकृत भएका थिए।

सरकारले संरक्षणसम्बन्धी दाबीको प्रक्रियामा समेत कडाइ गर्ने तयारी गरेको छ। अस्ट्रेलियामा प्रतिमहिना औसत १ हजार ५८० संरक्षण दाबी दर्ता हुने गरेको र तीमध्ये करिब ९० प्रतिशत अस्वीकृत हुने तथ्यांक उद्धृत गरिएको छ।

प्रकाशित मिति: १ आश्विन २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com