काठमाडौं। नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनमा सबै तहका नेता–कार्यकर्तालाई सहभागी गराउन अन्तिम समयसम्म पहल गर्ने जनाएको छ।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार पूर्वसभापति शेरबहादुर देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि र शशांक कोइरालालगायत नेताहरूसँग निरन्तर संवाद भइरहेको छ। पार्टीभित्रका असन्तुष्टि र फरक मतलाई छलफलमार्फत समाधान गर्दै महाधिवेशनलाई एकताबद्ध रूपमा अघि बढाउने प्रयास भइरहेको उनले बताए।
प्रकाशित मिति: १ आश्विन २०८३, बिहिबार












प्रतिक्रिया