काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कोशी प्रदेशका ८० प्रतिशत वडामा सहमतिमै नेतृत्व चयन भएको छ । मोरङ क्षेत्र नम्बर ६ बाहेक प्रदेशका सबै वडामा अधिवेशन सम्पन्न भएको प्रदेश सभापति उद्धव थापाले जानकारी दिए ।
क्रियाशील सदस्यताको विवादका कारण मोरङ क्षेत्र नम्बर ६ मा अधिवेशन रोकिएको थियो । विवाद समाधान भइसकेकाले मंगलबार अधिवेशन सम्पन्न हुने थापाले बताए । केही स्थानमा क्लस्टर नमिलेपछि निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गरिएको उनले जानकारी दिए ।
प्रकाशित मिति: ५ आश्विन २०८३, सोमबार












प्रतिक्रिया