काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार सोमबारसम्म ती जिल्लाका अधिकांश वडामा अधिवेशन सकिएको हो।
धादिङ र नुवाकोटसहित अधिवेशन सम्पन्न हुन बाँकी रहेका केही वडामा मंगलबार पनि प्रक्रिया जारी रहनेछ। धनुषा, मोरङ, नवलपरासी, सप्तरी, सिरहा, रौतहट र सर्लाहीका केही वडामा पनि अधिवेशन अन्तिम चरणमा पुगेको समितिले जनाएको छ। कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ।
प्रकाशित मिति: ६ आश्विन २०८३, मंगलबार












प्रतिक्रिया