काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनबीच बुधबार भेटवार्ता भएको छ ।

भेटमा नेपालमा बाढीपछिको पुनर्स्थापना तथा दीर्घकालीन पुनर्निर्माणका विषयमा छलफल भएको अमेरिकी दूतावासले जनाएको छ ।

कार्यवाहक राजदूत बोल्डिनले विपद्बाट प्रभावित नेपाली समुदायलाई निरन्तर सहयोग गर्ने अमेरिकी प्रतिबद्धता व्यक्त गर्दै बाढी तथा अन्य विपद्का कारण बेपत्ता अमेरिकी नागरिकको खोजी कार्यलाई निरन्तरता दिने बताइन् ।

अमेरिकी दूतावासका अनुसार अमेरिकाले नेपालका बाढी तथा विपद् प्रभावित क्षेत्रका लागि हालसम्म ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी सहयोग उपलब्ध गराएको छ । उक्त सहयोगबाट स्थायी पुल निर्माण, खानेपानी तथा सरसफाइ, आश्रय, जीविकोपार्जन, जाडोयामका सामग्री र विपद् प्रतिकार्यका उपकरणमा सहयोग गरिएको छ ।

भेटका क्रममा नेपालमा कार्यरत अमेरिकी कम्पनीका लागि व्यावसायिक वातावरण सुधार गर्न सरकारले गरेको प्रयासप्रति बोल्डिनले वाग्लेलाई धन्यवाद दिइन् । नेपालमा अमेरिकी लगानी तथा व्यवसायका लागि वातावरण थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको दूतावासले जनाएको छ ।

प्रकाशित मिति: ७ आश्विन २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com