काठमाडौं । एसियन गेम्सअन्तर्गत क्रिकेटमा नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दै अफगानिस्तानलाई १०२ रनमै रोकेका छन् । अब नेपालले जितका लागि १०३ रन बनाउनुपर्नेछ ।

टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०२ रन मात्र जोड्यो । नेपाली बलरको कसिलो बलिङसामु अफगान ब्याटरले सुरुदेखि नै दबाबमा खेल्नुपरेको थियो ।

अफगानिस्तानका लागि फैसल खान अहमदजई र नाजिबुल्लाह जादरानले समान ३० रन बनाए । नाङ्गेयालिया खानले अविजित १७ रन जोडे । उसका ओपनर मोहम्मद अकरम २ रनमै तथा हसन इसाखिल शून्य रनमा आउट भए ।

नेपालका लागि कुशल भुर्तेलले शानदार बलिङ गर्दै ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । ललित राजवंशीले पनि प्रभावशाली प्रदर्शन गर्दै ४ ओभरमा १३ रन दिएर ३ विकेट चट्काए ।

नेपाली बलरले अफगानिस्तानको मध्यक्रमलाई लगातार दबाबमा राखेपछि उसले अपेक्षाकृत ठूलो योगफल बनाउन सकेन । अब नेपालका ब्याटरले १०३ रनको लक्ष्य पूरा गर्दै खेल आफ्नो पक्षमा पार्ने अवसर पाएका छन् ।

प्रकाशित मिति: ९ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com