काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमध्ये सबैभन्दा धेरै वर्षा पाल्पाको अर्चलेमा मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो १ः१५ बजेसम्म अर्चलेमा २०५.२ मिलिमिटर वर्षा भएको हो ।

महाशाखाका अनुसार अहिले पनि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

यसैबीच बाढी पूर्वानुमान महाशाखाले पनौतीस्थित रोशी खोलामा पानीको बहाव बढ्दो क्रममा रहेको जनाएको छ । महाशाखाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई शनिबार बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

लगातारको वर्षाका कारण नदी तथा खोलाको जलसतह बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

प्रकाशित मिति: ९ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com