काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले आफूले पुनः गृह मन्त्रालय नै पाउनु पर्ने अडान लिएको छ ।
सो पार्टीका एक नेताले दिएको जानकारी अनुसार रवि लामिछानेलाई फेरि गृह मन्त्रीकै रूपमा पठाउने तयारी छ ।
गृह मन्त्रालय नपाए आफूहरू सरकारबाट बाहिरिने तयारीमा रहेको ती नेताको भनाई छ ।
“गृह मन्त्रालय नपाए हामी सरकारबाट बाहिरिन्छौँ,” ती नेताले भने, “गृह मन्त्रालय हाम्रो बटमलाइन हो । त्यसमा तलमाथि हुँदैन ।”
प्रकाशित मिति: १५ माघ २०७९, आइतबार
प्रतिक्रिया