काठमाडौं । आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभिन्न प्रदेशमा मेघगर्जन र चट्याङ्सहित वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा अधिकांश स्थानमा तथा कोशी र बागमतीका पहाडी क्षेत्रमा धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातसमेत हुनसक्नेछ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। कोशी र बागमतीका एक-दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। तराईका केही क्षेत्रमा हावाहुरी चल्ने सम्भावना समेत रहेको छ।

राति पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना कायम रहनेछ। ती प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्नेछ। लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले वर्षाका कारण बाढी, पहिरो तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति: १० आश्विन २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com