पोखरा । बागलुङको ताराखोला गाउँपालिकामा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ।
ताराखोला गाउँपालिका–५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको घरमाथिबाट खसेको पहिरोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
प्रहरीका अनुसार निरन्तरको अविरल वर्षाका कारण घरमाथिबाट पहिरो खसेको थियो। पहिरो रोकाको सुत्ने कोठामा खसेको थियो।
पहिरोमा पुरिएर गम्भीर घाइते भएका रोकाको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोका कारण उनको घरमा आंशिक क्षति पुगेको छ।
घटनाबारे थप विवरण तथा क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १० आश्विन २०८३, शनिबार












प्रतिक्रिया