काठमाडौं ।सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले रिहा गरेको छ । आइतबार दिउँसो प्रहरीले उनलाई छाडेको हो ।
उनलाई ‘सुरक्षित’ स्थानमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएकाे छ ।
तर, उनलाई कहाँ पठाइयो भन्ने बारे प्रहरीले विस्तृतमा खुलाएको छैन । आइतबारै बिहान करिब २ बजे काठमाडौंको महाराजगन्जस्थित निवासबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उनी ११ घण्टाभन्दा बढी समय प्रहरीको नियन्त्रणमा थिए ।
यद्यपि, उनलाई प्रहरी कार्यालयमा ल्याउनुको ठोस कारणबारे प्रहरीले औपचारिक जानकारी दिएको छैन।
प्रकाशित मिति: ११ आश्विन २०८३, आइतबार















प्रतिक्रिया