बागलुङ। लगातारको भारी वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा करिब ४० घर बगाएको छ।

तीन दिनदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकीमा पानीको बहाव बढेपछि बाढी आएको हो। बाढीले फर्से क्षेत्रमा ठूलो क्षति पुर्‍याउँदै सयौँ रोपनी खेतीयोग्य जमिनसमेत कटान गरी बगाएको स्थानीयले बताएका छन्।

बाढीले बागलुङ नगरपालिका–४ र फर्से जोड्ने झोलुङ्गे पुलसमेत बगाएको छ। पुल बगेपछि स्थानीयको आवतजावत प्रभावित भएको छ।

कालीगण्डकी नदीको कटान र बाढीका कारण फर्से तथा बागलुङ नगरपालिका क्षेत्रका दर्जनौँ घर अझै उच्च जोखिममा रहेका छन्। जोखिममा रहेका बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था देखिएको छ। प्रशासन तथा सुरक्षा निकायले क्षतिको विवरण संकलन तथा जोखिम क्षेत्रको निरीक्षण गरिरहेका छन्।

तस्बिर : डम्बर बुढा मगर/ नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: ११ आश्विन २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com